४ बैशाख २०८१, मंगलबार

क्रोएशियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा :- युरोकप २०१६


portugal ricardo

१२ असार २०७३:-फ्रान्समा जारी युरोकपको क्वार्टर फाइनलमा पोर्चुगल प्रवेश गरेको छ। गएराति भएको प्रि-क्वार्टरफाइनलमा क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली युरो कपको अन्तिम ८ मा प्रवेश गरेको हो।

फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेट गोलरहित बरबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो। थप गरिएको समयमा सम्हालिन नसक्दा क्रोएसिया पराजित भएको हो। अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका रिर्काडो क्वारिज्माले खेलको ११६औं मिनेटमा गोल गर्दै पोर्चुगलको अन्तिम आठको यात्रा पक्का गरेका हुन्।

खेलको अधिकांश समय क्रोएशियाले पोर्चुगललाई दवावमा राखेपनि अन्त्यतिर पाएको अवसर सदुपयोग गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुग्यो । अभागी ठहरिएको क्रोएशियाले खेल अवधिभर पोर्चुगलको पोष्टमा २१ पटक आक्रमण गरेको थियो जवकि पोर्चुगलले त्यस्तो अवसर ४ पटकमात्र पाएको थियो ।

पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्दी पाएको छ । पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !