७ पुस २०८१, आइतबार

युरोकप २०१६ को नकआउट समिकरण : अन्तिम १६ मा को–को कहिले भिड्दैछन् त ?


Euro 2016 knowout sadule

१० असार , २०७३:- युरोकप २०१६ बुधबारयता अन्तिम १६ मा झरेको छ । लिग चरणका खेलपछि अब प्रतियोगिता नकआउटतर्फ मोडिएको छ । लिग चरणका खेल १३ दिनसम्म चल्यो जसमा, ३६ खेल भए, ६९ गोल भए । मैदानमा खासै ठूलो समस्या देखिएन । जति पनि समस्या रहे, ती मैदान बाहिर रहे, विशेषत: टिमका समर्थकको उपद्रो । अहिलेसम्मको प्रतियोगिताको सबैभन्दा ठूलो समाचार रहेको छ, नकआउट चरणमा आइसल्यान्डको छनोट ।

अस्ट्रियालाई २–१ ले हराएर आइसल्यान्डले यो उपलब्धि हात पारेको हो । विश्वास नहुन सक्छ, आइसल्यान्डको जनसंख्या ३ लाख ३० हजार मात्र छ । त्यसमध्ये आठ प्रतिशत जनता अहिले फ्रान्समै छन् । आइसल्यान्ड मात्र होइन, यसपल्टको युरोमा अरू साना टिमका लागि पनि उत्तिकै फलदायी भएको छ । उत्तरी आयरल्यान्ड, वेल्स, हंगेरी र आइसल्यान्ड जनसंख्या तथा क्षेत्रफलका आधारमा साना देश हुन् ।

तर ती सबै नकआउट चरणमा पुगे । केही ठूला टिमका लागि भने यसपल्टको युरो वास्तवमै खराब रह्यो । जस्तो, रोमानिया, रुस, युक्रेन, चेक गणतन्त्र र स्वीडेन ।

अन्तिम १६ मा को–को भिड्दैछन् त ?
कहिले हुदै छन खेलहरु हेर्नुहोस

शनिबार हुने खेल:
स्वीट्जरल्यान्डविरुद्ध पोल्यान्ड,
वेल्सविरुद्ध उत्तरी आयरल्यान्ड, अनि
क्रोएसियाविरुद्ध पोर्चुगल ।

आइतबार हुने खेल:
फ्रान्सविरुद्ध आयरल्यान्ड,
जर्मनीविरुद्ध स्लोभाकिया र
हंगेरीविरुद्ध बेल्जियम ।

सोमबार हुने खेल:
इटालीविरुद्ध स्पेन,
इंग्ल्यान्डविरुद्ध आइसल्यान्ड ।

युरोकप २०१६ मा अन्तिम १६ को यो चरणको सबैभन्दा ठूलो खेल रहेको छ, इटालीविरुद्ध स्पेन । यिनै दुई टिम पछिल्लो युरोको फाइनलमा पनि भिडेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !