६ जेष्ठ २०८१, आइतबार

स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै रसिया क्वार्टरफाइनलमा प्रवेश


olds

१७ असार, काठमाडौं । विश्वकप फुटबलमा आज राती भएको लेखमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा स्पेनका कोके र लागो आसपासको प्रहार रसियाली गोलकिपरले बचाएका थिए ।

निर्धारित ९० मिनेटमा दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १-० ले अग्रता लिने अवसर पायो ।

रसियालाई खेलमा फर्किन ४१ औ मिनेटको पेनाल्टीसम्म पर्खिनुपर्‍यो । आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गरेपछि खेल १-१ को अवस्थामा पुग्यो । तर त्यसपछि निर्धारित समय ९० मिनेटसम्म दुबै पक्षाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

स्पेनले भरपर्दा मिडफिल्डर आन्द्रे इनेस्टालाई प्लेइङ ११ मा समावेश गरेको थिएन । उनलाई खेलको ६० औं मिनेटमा मात्र मैदान प्रवेश गराइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !