२० बैशाख २०८१, बिहिबार

अर्जेन्टिनालाई ४-३ ले हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश


old

१६ असार, काठमाडौं । विश्वकप फुटबलमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराउँदै विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल गर्‍यो भने अर्जेन्टिनाले २ गोलमात्र गर्न सक्यो ।

फ्रान्सको जितमा युवा खेलाडी एम्बाप्पेले दुई गोल गरे भने ग्रिजम्यान र पाभर्डले गोल गरे । खेलको १३ औं मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो । डीएरियाभित्र अर्जेन्टिनी खेलाडी रोजोले फ्रान्सका एम्बाप्पेलाई लडाएपछि पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गरेका थिए । खेललाई बराबरीमा ल्याउन अर्जेन्टिनाले ४१ औं मिनेटसम्म पर्खिनुपयो । डी एरिया बाहिरबाट एन्जल डी मारियाले हानेको लामो सट गोलमा परिणत भएपछि अर्जेन्टिनाले खेल बराबरीमा ल्यायो ।

दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता लिए पनि उसको अग्रता ५ मिनेट पनि टिकेन । त्यसपछि लगातार तीन गोल खाँदै उसले अन्तिम १६ बाटै घर फर्किनुपयो । खेलको ४८ औं मिनेटमा लियोनेल मेसिले दिएको पासमा मेकार्डोले गोल गर्दै अर्जेन्टिलाई अग्रता दिलाए । तर त्यो अग्रता १० मिनेट पनि टिकेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !