१४ बैशाख २०८१, शुक्रबार

(युरो–कप) बुधबार राती विभिन्न स्थानमा दुई समूहका चार खेल हुने


८,असार २०७३:- फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरो–कप) फुटबल अन्तर्गत बुधबार राती विभिन्न स्थानमा दुई समूहका चार खेल हुँदैछन् ।

बुधवार राती ९ः४५ बजे एकै समयमा समूह ‘एफ’ का दुई खेल हुनेछन् । ९ः४५ बजे पेरिसस्थित स्टेड डी फ्रान्स स्टेडियममा आइसल्यान्ड र अष्ट्रिया तथा लियोनस्थित स्टेड डी लियोन स्टेडियममा पोर्चुगल र हंगेरी भिड्दै छन् ।

त्यस्तै राती १२ः४५ मा समूह ‘ई’ का दुई खेल पनि एकै समयमा हुनेछन् । लीलेस्थित स्टेड पिएरे माउरो स्टेडियममा इटाली र गणतन्त्र आयरल्यान्ड तथा नाइसस्थित स्टेड डी नाइसमा स्विडेन र बेल्जियम खेल्दै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !