२१ बैशाख २०८१, शुक्रबार

सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अदालतको अनुमति


सन्दीप लामिछाने खुशीयाली फाइल फोटो

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । आज बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको हो ।

क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको मुद्दाविरुद्ध पुनरावेदन दिएसँगै उनी तत्काल जेल जानु नपर्ने भएको हो । कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति पाएका हुन् ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेकोविरुद्ध बिहीबार लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !