४ जेष्ठ २०८१, शुक्रबार

नेपालले पहिलो एकदिवसीय खेल नेदरल्यान्डसँग खेल्ने


player

१० जेठ, काठमाण्डौ । एकदिवसीय मान्यता प्राप्त गरेसँगै नेपालले पहिलो एक दिवसीय खेल नेदरल्यान्डविरुद्ध खेल्ने भएको छ ।

बुधबार प्रकाशित तालिकाअनुसार नेपाल र नेदरल्याण्डवीचको एक दिवसीय खेल १ र ३ अगष्टमा हुँदैछ । मिति तय भएपनि मैदानको टुङ्गो भने लागेको छैन । एक दिवसीय खेल नेदरल्यान्ड, नेपाल र एमसीसीवीचको त्रिकोणात्मक टी–२० श्रृङ्खलापछि हुनेछ ।

पछिल्लो पटक नेपाल र नेदरल्यान्ड जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट प्रतियोगितामा भिडेका थिए । यसमा नेदरल्याण्ड ४५ रनले विजयी भएको थियो । यसै प्रतियोगितामा दुवै टिमले एक दिवसीय मान्यता प्राप्त गर्न सफल भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !