८ बैशाख २०८१, शनिबार

यूएईविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्दै


यूएईविरुद्धको खेलमा नेपाल

काठमाडौँ । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गरेको हो । नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !