१९ बैशाख २०८१, बुधबार

मुम्बईविरूद्ध राजस्थान रोयल्स ७ विकेटले विजयी


ipl

३१ वैशाख, मुम्बई । आईपीएल क्रिकेटमा अाइतबार साँझ भएकाे खेलमा मुम्बई इण्डियन्सविरूद्ध राजस्थान रोयल्स ७ विकेटले विजयी भएकाे छ ।

मुम्बइले दिएकाे १६९ रनको लक्ष्य राजस्थानले दुई अाेभर बाँकी हुँदै १ सय ७१ रन बनायो भने राजस्थानकाे लागि जाेश बट्लरले अविजित ९४ रन बनाए ।

टस हारेर व्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । मुम्बईका लागि इभन लुइसले सर्वाधिक ६० रनको पारी खेले । ४२ रनमा ४ चौका र ४ छक्का उनले प्रहार गरे ।

सूर्यकुमार यादवले ७ चौकासहित ३८ रन जोडे । हार्दिक पाण्ड्याले ३ चौका र २ छक्कासहित ३६ रन बनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !