७ बैशाख २०८१, शुक्रबार

पुबुदु दासानायके क्यानाडाको क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त


पुबुदु दासानायके

काठमाडौँ । पुबुदु दासानायके क्यानाडाको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानाडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका हुन् ।

पुबुदुले आज बुधबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका थिए ।​ पुबुदुले आफ्नो व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका थिए ।

राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनको राजीनामा घोषणा भएको दुई घण्टा नबित्दै क्यानाडाले उनलाई प्रशिक्षकमा नियुक्त गरेको बताएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) क्यानका क्रिकेट म्यानेजर विनोद दासले पुबुदुले राजीनामा बुझाइसकेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

उनले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । २ वर्षका लागि नियुक्ति गरिएपनि दशानायाकेले ८ महिनामै राजीनामा बुझाएका थिए ।

पछिल्लो समय नेपाली क्रिकेट टीमको प्रदर्शन निरन्तर खस्किँदै गएपछि क्रिकेट समर्थकहरुले पनि सामाजिक सञ्जालमार्फत् कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक दशानायाकेले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

पुबुदु दासानायकेले क्रिकेट प्रशिक्षकबाट दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !