१२ बैशाख २०८१, बुधबार

एन्फाको निर्णय : राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स-सम्मान प्रशिक्षणमा बोलाउने


एन्फाको निर्णय

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स-सम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले खेलाडीलाई स-सम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो ।

एन्फाले नेपाली राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर निकालेका सबै खेलाडीलाई स-सम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको हो । मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए ।

अध्यक्षमा निर्वाचित भएलगत्तै नेम्वाङले खेलाडी प्रशिक्षक विवादबारे निर्णय गर्ने बताएका थिए । यस्तै प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन र कतार फुटबल एसोसिएसन लगायतसँग आवश्यक छलफलका आधारमा निर्णय लिइने भएको छ ।

बैठकले महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशीलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध कमिटीमा नविन पाण्डेलाई चयन गरिएको छ ।

यो पनि पढ्नुहोस्

नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङले लिए पद तथा गोपनीयताको सपथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु