८ जेष्ठ २०८१, मंगलबार

१९ औं एसियाली खेलकुद किन अचानक गरियो स्थगित ?


१९ औं एसियाली खेलकुद

काठमाडौं । १९ औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ । चीनको होङझोउ सहरमा सेप्टेम्बरका लागि निर्धारण गरिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएको हो ।

ओलम्पिक काउन्सिल अफ एसियाले आज शुक्रबार एक सूचना जारी गर्दै सेप्टेम्बर १० देखि २५ सम्म चीनको होङझोउ सहरमा आयोजना हुने १९ औं एसियाली खेलकुद स्थगित भएको जानकारी दिएको हो ।

खेलकुद स्थगितको कारण प्रष्ट रुपमा नबताए तापनि हाल चीनमा कोरोना भाइरस संक्रमण बढिरहेकोले खेल स्थगित गरिएको हुनसक्ने अनुमान गरिएको छ । नेपाल ओलम्पिक कमिटीले पनि एसियाली खेलकुद सार्ने जानकारी कमिटीमा आएको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !