५ जेष्ठ २०८१, शनिबार

उपकुलपति कपकाे उपाधि नेपाल कमर्स क्याम्पसलाई


ncc

३० चैत, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल कमर्स क्याम्पसले जितेको छ ।

रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा संचालित प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा आयोजक रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) लाई ३–२ को सेटमा पराजित गर्दै एनसिसीले उपाधि हात पारेको हो ।

विजेता एनसिसिले ५० हजार प्राप्त गर्दा उपविजेता आरआर क्याम्पसले ३० हजारमा चित्त बुझायो । त्यस्तै तेस्रो स्थान हासिल गरेको सुर्खेत शिक्षा क्याम्पसले २० हजार जित्यो। प्रतियोगिताका उत्कृष्ट खेलाडी ललित विक भए । उनले ५ हजार जिते ।

चैत २६ गतेदेखि संचालित प्रतियोगितामा काठमाण्डौका १९ र काठमाण्डौ भन्दा बाहिरका ३ टोली गरी जम्मा २२ टिमले सहभागिता जनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !