८ जेष्ठ २०८१, मंगलबार

मनमोहन मेमोरियल क्रिकेट वैशाख दोस्रो साता हुने


cricket

२९ चैत, काठमाण्डौ । मनमोहन मेमोरियल अन्तरप्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता वैशाखको दोस्रो साता हुने भएको छ ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबार पत्रकार सम्मेलन गरेर वैशाख १३ देखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो ।

नयाँ खेलाडी उत्पादनसँगसँगै क्षमतावान् खेलाडीको अवसरका लागि सातै प्रदेशका खेलाडीलाई समेटर प्रतियोगिता आयोजना गर्न लागेको सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए ।

एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा नयाँँ संरचनाअनुसार ७ प्रदेशका ७ वटा टिमले प्रतिस्पर्धा गर्ने गैरेले जानकारी दिए ।

लिग कम नकआउट प्रणालीमा ३० ओभरमा खेलाइने खेलमा प्रत्येक टिममा १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहने आयोजकले जनाएको छ । देशैभरिवाट काठमाडौं आउने सबै टोलीको व्यवस्थापन आयोजक सेन्टर आफैंले गर्ने जानकारी दियो ।

प्रतियोगिताको विजेताले नगद र क्रिकेट किट्ससहित ५ लाखबराबरको पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद र क्रिकेट किट्ससहित २ लाख ५० हजार बराबरको पुरस्कार हात पार्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !