२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा ढकाल नियुक्त


राखेप

काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाललाई नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आज मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !