४ बैशाख २०८१, मंगलबार

कप्तान किरण चेम्जोङ र ज्ञानेन्द्र मल्ललाई प्रबल जनसेवाश्री


कप्तान किरण चेम्जोङ र ज्ञानेन्द्र मल्ल

काठमाडौं । सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभूषित गरेको छ ।

संविधान दिवसका अवसरमा सरकारले सरकारले चेम्जोङ र क्रिकेट टिमका कप्तान मल्ललाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ । सरकारले विभिन्न विभूषण र पदकको पाउनेको सूचीमा किरण र ज्ञानेन्द्र पनि समावेश छन् ।

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी ण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये सबैभन्दा ठूलो मानपदवीको रुपमा रहेको नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्व. कृष्णप्रदास भट्टराईलाई प्रदान गरिने भएको छ । भने, दोस्रो ठूलो मानपदवीको रुपमा रहेको राष्ट्र गौरव पदवीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई प्रदान गरिनेछ ।

यस्तै, लोक गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको छ । यस्तै, अन्य ठूला पदक पाउनेमा स्व। मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु–याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !