७ पुस २०८१, आइतबार

किरण चेम्जोङले कायम गरे राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान


किरण चेम्जोङ

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान चेम्जोङले भारतविरुद्धका दुई खेल खेलेपछि नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी बनेका हुन् ।

विहीबारको भारतविरुद्धको खेलसँगै चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका विराज महर्जनसित बराबरी गरेका थिए । महर्जनले नेपाली टोलीबाट सन्यास लिइसकेका छन् । महर्जन नेपाली टोलीबाट ७३ खेल खेलेका थिए भने आज आइतबार किरणले ७४ औं खेल खेलेसँगै सर्वाधिक खेल खेल्ने कीर्तिमानमा आफ्नो नाम लेखाएका हुन् ।

३१ वर्षीय गोलरक्षक चेम्जोङले सन् २००८ मा एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २०११ मा भुटानविरुद्ध मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीको सुरुवाती रोजाइमा परेका किरणले त्यसपछि फर्केर हेर्नु परेन ।

पछिल्लो एक दशक उनले राष्ट्रिय टोलीको पहिलो रोजाइको गोलरक्षकको रुपमा नै खेलेका छन् । यसक्रममा उनले २४ खेलमा कुनै गोल खाएका छैनन् । ७३ खेलमध्ये ७२ खेलमा उनी पहिलो रोजाइमा खेलेका छन् ।

किरणले नेपालका लागि खेल्दा थुप्रै यादगार खेल खेलेका छन् । सिनियर टोली नभएपनि सन् २०१८ को एसियाली खेलकुद दौरान जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै सन् २०१२ मा नेहरु कपमा भारतविरुद्ध उनको प्रदर्शन उत्कृष्ट थियो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी रहेको छ । आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीस्वरुप यी दुई टोलीले मैत्रीपूर्ण खेल खेलिरहेका हुन् ।

यो पनि पढ्नुहोस्

मैत्रीपूर्ण फुटबलः नेपाली टोली उत्साहित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतबीचको दोस्रो खेल आज हुँदै

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपाल र भारत १-१ गोलको बराबरीमा

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालविरुद्ध भारतले पनि गर्यो १ गोल

भारतविरुद्ध नेपालले गर्यो १ गोल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !