१४ बैशाख २०८१, शुक्रबार

अाज नेपाल अफगानिस्तानसँग सामना गर्दै


Nepal-Cricket Team

२६ फागुन, काठमाण्डौ । विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा अाज नेपाल अफगानिस्तानको सामना गर्दैछ ।

नेपाली समयअनुसार जिम्बाबेमा दिउँसो १:१५ बजे हुने खेलमा नेपालले अफगानिस्तानको सामना गर्न लागेको हो । प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्न नेपालले जित्नैपर्छ ।

दुवै खेलमा पराजित हुँदै अंकविहीन रहेको नेपाल अंकविहीन अवस्थामा तालिकाको पुछारमा छ । यसअघिका दुई खेलमा हार बेहोरेको नेपालले समूह चरणमा अब खेल्न बाँकी दुवै खेलमा जित हात पार्नुपर्ने छ ।

अफगानिस्तान पनि समूह चरणमा खेलेका तीनवटै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामै छ । अफगानिस्तानविरुद्धको खेलमा नेपालले एक दिवसीय क्रिकेटका नम्बर एक बलर रासिद खानको सामना गर्नुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !