२१ बैशाख २०८१, शुक्रबार

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएपछि डा. भट्टराईले दिए कडा प्रतिक्रिया


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले त्रिदेशीय फुटबल प्रतियोगितामा विजय भएपछि नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन्। भट्टराईले एक स्टाटस लेख्दै वायुप्रदुषण,कोरोना, राजनीतिक खिंचातानीले वाक्कदिक्क बनाएको जनमानसलाई यस्तै राष्ट्रिय खुशीहरूले मलहम लगाउॅदै जाउन् भन्दै थप सफलताको शुभकामनासमेत दिएका छन्।

उनले लेखेका छन्, “Three Nations Cupमा उत्कृष्ट प्रदर्शन गरी विजय हासिल गर्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई हार्दिक बधाइ! वायुप्रदुषण,कोरोना, राजनीतिक खिंचातानीले वाक्कदिक्क बनाएको जनमानसलाई यस्तै राष्ट्रिय खुशीहरूले मलहम लगाउॅदै जाउन्, थप सफलताको शुभकामना!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !