५ जेष्ठ २०८१, शनिबार

चौथो पटक युरोपियन गोल्डेन बुट जितेका मेसीले गरे बार्सिलोना संग नयाँ सम्झौता


messi

११, मंसिर : बार्सिलोनाका फवार्ड लिओनल मेस्सीले नयाँ सम्झौता गरेका छन्, जसमा बाइआउट क्लज ७०० मिलियन युरो राखिएको छ।

३० वर्षीय अर्जेन्टिनी स्टारको नयाँ सम्झौता २०२०-२१ सिजनसम्म रहनेछ । १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका मेस्सीले क्लबका लागि ८ स्पेनिस लिग उपाधि दिलाउनुका साथै चार पटक च्याम्पियन्स लिगको ट्रफी उचालेका छन् ।

शुक्रबार मात्र चौथो युरोपियन गोल्डेन बुट जितेका उनले बार्सिलोनाका लागि ६०२ खेल खेल्दै ५२३ गोल गरेका छन् ।

उनको पूर्व सम्झौता अर्को वर्ष सकिँदै थियो । बार्सिलोनाले जुलाइमा नै मेस्सी नयाँ सम्झौताका लागि सहमत भएको दाबी गरेको थियो । तर, सम्झौतामा हस्ताक्षर भएको थिएन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !