१४ बैशाख २०८१, शुक्रबार

डा. बाबुराम भट्टराई बने हजुरबुवा, मानुषीलाई पुत्र लाभ


डा. बाबुराम भट्टराई बने हजुरबुवा, मानुषीलाई पुत्र लाभ

काठमाडौं, असार २८ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुवा भएका छन् । भट्टराईकी छोरी मानुषीलाई पुत्र लाभ भएको छ । मानुषीले आज असार २८ गते विहान १०.०५ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छोरालाई जन्म दिएकी हुन् ।

डा. बाबुराम भट्टराईले आफू हजुरबुवा भएको र छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई पुत्रलाभ भएकोमा निक्कै खुशी ब्यक्त गर्दै सामाजिक संजाल आफ्नो फेसबुक पेज मार्फत तस्बिर सहित शेयर गरेका छन् ।

उनले लेखेका छन्, ”बल्ल हजूरबा भैयो! छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०.०५ बजे पुत्रलाभ भएको छ । आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ ! टिचिंग अपरेसनमा सफल अपरेसनका लागि डा. गीता गुरूंग र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद !”

डा. बाबुराम भट्टराई बने हजुरबुवा, मानुषीलाई पुत्र लाभ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !