१४ बैशाख २०८१, शुक्रबार

लमजुङमा रातभर खोलामा फसेका ७ जनाको उद्धार


बहाव

लमजुङ । लमजुङमा रातभरि खोलामा फसेका सात जनाको उद्धार गरिएको छ । मिदिम खोलाको बाढी बढेपछि रातभरि खोलामा फसेका मध्यनेपाल नगरपालिका-७ रातामाताका सात जनालाई आज दिउँसो डोजरको सहायताबाट उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरुमा लक्ष्मी परियार, पुष्पा परियार, रतिमाया परियार, आइतबहादुर परियार, कृष्ण परियार, सन्दिप परियार र अर्जुन परियार रहेका छन् । मङ्गलबार दिउँसो खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि आउन नसकेर रातभर खोलाको बीचमै रोकिएका थिए ।

नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले भने, “खोलामा पानी घटेको छैन, खोलाको केही पानी अन्यत्र लगाएर डोजरमार्फत उद्धार गर्यो ।” खोलाले सो क्षेत्रका खेतहरु धेरै बगाएको छ । नगरप्रमुख पाण्डेले नगरवासीलाई सुरक्षितसँग बस्न आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !