१४ बैशाख २०८१, शुक्रबार

राहतसहित गृहमन्त्री थापा बागलुङको ढोरपाटनमा


काठमाडौँ, १९ भदौ । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ ।

मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुग्नुभएको हो ।

तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले जानकारी दिनुभयो । बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ ।

बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् । त्यहाँ ३० भन्द बढी घर बगाएको बताइएको छ । सडक बाटो क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !