८ मंसिर २०८१, शनिबार

अभियान्ता जोडी चौधरीको राहत लिएर घर फर्किदै बिपन्न परिवार


अभियान्ता जोडी चौधरीको राहत लिएर घर फर्किदै बिपन्न परिवार
महेश सिंह
महेश सिंह

सिरहा, जेठ २५ । सिरहाको लहान नगरपालिका १ मा बिपनको चुलो बाल्न तेस्रो पल्ट पुगेका महेश र संगिताको जोडीलाई हेर्दा बिपन्न समुदाय खुशी भएका थिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेका छन् ।

लकडाउन भएको तिन महिना हुन् लाग्यो । लकडाउनबाट प्रभावित भएका दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँने बिपन परिवारलाई हात मुख जोडन बिचल्ली भएको छ । लकडाउनबाट दलित समुदाय बढी प्रभावित भएका छन । राहत नपाउनेको गुनासो रहेको छ्। आम्दानी नै नभएपछि उनीहरुलाई छाक टार्न समस्या भोगनु परेको छ ।

शनिबार लहान नगर पालिका १ मा कोठा भाडालिई चटपटे ,पानी पुरी ,चाउमिन ,चिया पसल ,होटेल ,र जिल्ला बाहिर बाट अध्यनका लागी आउनु भएका विद्यार्थीहरुलाई मद्य्यनजर गरि ६० घर धुरीलाई उनीहरु अन्न दान गरेका हुन् । राहत उपलब्ध गराउने संस्थामा एपोलो ॐ स्कुल लहान र प्रसंसा पुस्तक पसलका पहलाद सापकोटाले पनि सहयोग गरेको हुन् ।

चौधरी एपोलो ॐ स्कुलको संचालक, प्रीन्सिपल समेत रहनु भएका चौधरीले सानै उमेर देखि साज सेवामा लागेका हुन । उनको श्रीमती संगिता कर्माचार्यले महिला संघका केन्द्रिय सदस्य रहनु भएको छ । कर्माचार्य महिलाको मुद्दा लिएर आवाज उठाउनमा अग्रसर रहेका हुन् ।

प्रतिपरिवार चामल १० किलो, दाल १ किलो, तेल एक प्याकेट, नुन १ किलो, आलु १ किलो राहतमा बाडेँका हुन् । उक्त बस्तीमा लकडाउनकै क्रममा उनीहरु तेस्रो पटक राहत दिन पुगेका थिए । लहान बजारमा रोजगारी गुमाएका रिक्सा चालक, बस बुकिङ्ग मजदुरलाई पनि चामल, दाल, तेल वितरण गरेका छन् । सरकारले लकडाउन थप्दै गएका छन् तर दलित, गरिबलाई राहत थपिएको छैन । उनीहरुलाई साँझ बिहान हातमुख जोर्न धौ धौ परिरहेका छन् । गाउँका हुने खानेबाट ऋण सापटी गरी छाक टार्छन् बाध्य छन ।

लकडाउनका कारण प्रभावित भएका गरिबको घरपरिवारलाई राहत पुर्याउने चौधरी र कर्माचार्य दिनचार्य नै बनाएका छन् । हरेक दिन एउटा- एउटा बस्ती पुग्ने गरेका छ्न ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !