२१ बैशाख २०८१, शुक्रबार

तपाईं रक्सी पिउनुहुन्छ ? अब रक्सी पिउन मदिरा सेवन कार्ड अनिवार्य


Madira sewancard

१ असोज, बाजुरा । संघीयताको कार्यान्वयनसँगै क्रियाशील भएका स्थानीय तहले गजब–गजबका कानुन बनाएरका छन् । बाजुराको गौमुल गाउँपालिकाले मदिरा व्यवस्थापन गर्न बनेको ऐन जारी गर्दै ‘मदिरा सेवन कार्ड–२०७५’ वितरण शुरु गरेको छ । गत असारमा गाउँपालिकाले उक्त ऐन पारित गरेको थियो ।

वार्षिक ५ सय रुपैयाँ शुल्क तिरेपछि पाइने उक्त कार्ड बहाकले साँझ ६ बजेदेखि ९ बजेसम्म दिनमा जम्मा १८० एमएल मात्रै मदिरा पिउन पाइने छ । पसलेले हरेक मदिरा सेवनकर्ताको रेकर्ड राख्नुपर्ने, तोकिएभन्दा बढी पिएको भेटिएमा पहिलोपटक २ हजार र दोस्रोपटक ७ हजार जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !