१४ जेष्ठ २०८१, सोमबार

थापाथलीस्थित प्रसुति गृहमा १ जना महिलाले जन्माइन् ५ वटा शिशु


थापाथलीस्थित प्रसुति गृहमा १ जना महिलाले जन्माइन् ५ वटा शिशु

काठमाडौं, असोज १९ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसुति गृहमा १ जना महिलाले ५ वटा शिशुलाई जन्म दिएकी छन् ।आज सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिएका छन् ।

५ जना शिशुमध्ये ४ जना जीवित रहेको र १ जना भने जन्मनु अघि नै मृत्यु भइसकेको उनले बताए । सुवेदीको नेतृत्वमा शल्यक्रिया मार्फत बिहान मृतसहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !