१४ बैशाख २०८१, शुक्रबार

पोर्न वेबसाइट बनाई अश्लिल भिडिओ अपलोड गर्ने १ जना काठमाडौँवाट पक्राउ


पक्राउ

काठमाडौँ, असार २९ । आफैंले बनाएको पोर्न वेबसाइटमा १७ वर्षीया किशोरीको अश्लिल भिडिओ अपलोड गर्ने १ जनालाई काठमाडौँवाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेकोको आरोपमा काठमाडौँको गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरिएको हो ।

उनले ‘ब्लुसंसार डट कम’ नामको पोर्न बेवसाइट बनाएको ब्युरोले जानकारी दिएको छ । श्रेष्ठले उक्त बेवसाइटमा चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडिओ अपलोड गरेका थिए । हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ ।

किशोरीले अश्लिल भिडिओ बनाई पोर्न साइटमा राखेको भन्दै ब्युरोमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनको खोजी गरी काठमाडौंबाट पक्राउ गरेको हो । श्रेष्ठलाई विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद-९ मा उल्लिखित कसूर बमोजिम पक्राउ गरिएको हो। पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

उनलाई ब्युरोले पक्राउ गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पठाइएको छ । उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद समेत थपिसकेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !