१८ बैशाख २०८१, मंगलबार

किरा खाने मांशहारी बनस्पतीहरु


title, carnivorous plant

बनस्पतिहरु पनि मांशहारी हुन्छन भन्ने कुरा यहाँहरुलाई पत्याउन गाह्रो पर्छ होला तर संसारको केहि भागमा यस्ता बनस्पतीहरु पाइन्छ्न जसले किराहरुलाई आफ्नो आहारा बनाउने गर्दछन । यस्ता बनस्पतीहरुले माटोबाट पोशक पदार्थ प्राप्त गर्न नसक्ने हुनाले आफ्नो शरिरको बिशेस भागबाट किराहरु पक्री किराको शरिरलाई घुलाई त्यसबाट पोशक पदार्थ सोसेर लिने गर्दछ ।

त्यस्ता बनस्पतीहरु जानकारी र फोटो तल प्रस्तुत गरिएको छ ।

पिचर प्लान्ट ( pitfall traps)

Nepenthes

यो बनस्पती दक्षिण एसिया र इन्डियन ओसनको वोरिपरी पाइन्छ । यो बनस्पतीमा ढक्कन सहितको थैली हुन्छ जुन थैलीभित्र तरल पदार्थ रहेको हुन्छ। जव किराहरु सो थैलिभित्र प्रबेश गर्दछ तव उक्त थैलिको ढक्कन बन्द हुन्छ जसको कारणले गर्दा किरा भाग्न पाउदैन । थैली भित्र प्रबेश गरेको किरालाई तरल पदार्थले घुलाईदिन्छ र बनस्पतिले किराको शरिरबाट पोषक पदार्थ सोसेर लिन्छ। कुनै कुनै पिच र प्लान्टहरु साना साना किरा मुसा र छेपारोहरुलाई समेत पक्रन सक्ने गरी ठुलो आकारमा बिकाश भएको हुन्छ ।

ब्रोचिनिया रिडुक्टा (brocchinia reducta)

Brocchinia

यो बनस्पती दक्षिण अ्मेरिकी मुलुक कोलम्बिया, ब्राजिल्,भेनेजुयला, गुयाना आदी देशमा पाइन्छ । यो बनस्पतिको पातमा चिप्लो पदार्थ हुन्छ । उक्त चिप्लो पदार्थमा चिप्लियर किराहरु पातको फेदमा आबस्थित इन्जाइम युक्त तरल पदार्थ भएको थैलोमा पुग्छ र किराको शरिर घुलेर जान्छ अनि बनस्पतिले आवश्यक पदार्थ सोसेर लिन्छ। यो बनस्पतिले पराबैजनी किरणलाई पराबर्तन गरी किरालाई आफुमा आकर्सित गर्छ । त्यस्तै किरालाई आकर्सित गर्ने गन्धयुक्त्त रसायन निकालेर पनि यसले किरालाई आफुतिर आकर्सित गर्दछ ।

बटरवोर्ट (butterworts)

flypaper traps

यो बनस्पती अस्ट्रेलिया बाहेक अन्य सबै महादेशको चिसो र ओसिलो ठाउमा पाइन्छ । यस्को पातमा गम जस्तो च्याप च्याप लाग्ने पदार्थ हुन्छ र सोही पदार्थमा किराहरु टासिन्छ्न ।

ड्रोसेरा (drosera)

drosera

यो बनस्पतिलाई सन्डिउ पनि भनिन्छ । यो रङिन हुन्छ । यो एन्टार्टिका बाहेक सबै महादेशमा पाइन्छ । यसमा टेन्टाकल जस्तो आकृती भएको भाग हुन्छ जस्को काम किरालाई आल्झाउनु हो ।

भेनस फ्लाई ट्र्याप (venus fly trap)

venus-flytrap

यो बिरुवा अमेरिकामा पाइन्छ। यस्ले आफ्नो काँडेदार ढक्कन भएको पातमा किराहरु छिरेपछी ढक्कन बन्द गरी आहारा बनाउदछ ।

वाटर व्हील प्लान्ट् (water wheel plant)

water wheel plant

यो बनस्पती पानीमा पाइन्छ र यस्को जरा हुँदैन यसले पनि भेनसाफ्लाई ट्र्यापले जस्तै किरा पकड्दछ ।

ब्ल्याडर वोर्ट ( bladder worts)

bladder

संसारमा २२३ भन्दा बढी जातका ब्ल्याडर वोर्ट बनस्पती पाइन्छ्न। यि बनस्पतीहरु पानी र जमिन दुबै ठाउमा पाइन्छ। यसले आफ्नो शरिरमा किरालाई पकड्नको लागी अचानक थैली जस्तो आकृती सिर्जना गर्द्छ ।

प्यारोट पिचर प्लान्ट ( parrot pitcher plant)

parrot pitcher plant

यो द्क्षिणी अ्मेरिकामा पाइन्छ । यसले आफ्नो नेक्टरको सहायताले किराहरु पकड्ने गर्दछ ।

लब्स्टर पट ट्र्याप्  (lobosterpot plant)

cobra plant

यसलाई क्यालिफोर्निया पिच र प्लान्ट वा कोब्रा लिली वा कोब्रा प्लान्ट पनि भनिन्छ । यसको आकृती कोब्रा सर्पको जस्तो हुने भएकोले यसलाई कोब्रा लिली पनि भनिएको हो । यसले पनि मिठो गन्ध निकालेर किरालाई आकर्सित गरी पकड्ने गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !