१४ बैशाख २०८१, शुक्रबार

किबोर्डमा F1 देखि F12 सम्मको बटनको प्रयोग


KEYBOARD !

किबोर्डमा F1 देखि F12 सम्मको बटनको प्रयोग ! दैनिक जीवनमा हामि स्मार्ट फोन र आइ फोनको साथसाथै  कम्पुटर र ल्यापटप धेरैनै प्रयोग गर्छौ।  कतिपय अवस्थामा हामीसंग कम समय हुन्छ र कम समयमै कम्प्युटरमा धेरै काम गर्नुपर्ने हुन् सक्छ।  त्यति बेला हामीले कम्प्युटरमा काम गर्दा देखि सम्मको बटन प्रयोग गरेमा  धेरै काम थोरै समयमा फत्ते गर्न सकिन्छ । यहाँ F1 देखि F12 सम्मको बटन को उपयोगिता प्रस्तुत गरिएको छ।

१. F1 : यो बटन यदि कम्पुटर अन गर्ने बितिकै थिचेमा कम्पुटरको सेटिंगमा जान सकिन्छ र यदि इन्टरनेट ब्रोउजरमा काम गर्दै गर्दा यो बटन थिचेमा हेल्प पेज खुल्नेछ।

२.  F2 :  विन्डोजमा कुनै फाइल वा फोल्डरमा  यो बटन थिचेमा रेनेम गर्न सकिन्छ।  त्यस्तै वोर्डमा ctrl + F2 बटन दबायमा प्रिन्ट प्रीविउ देखा पर्दछ।

३.  F3 :  विन्डोजमा यो बटन दबाएमा सर्च अप्सन आउछ।

४.  F4 :  विंडोज एक्सप्लोरर ( My computer, computer) मा यो बटन दबाएमामा एड्रेस बार खुल्छ।  त्यस्तै वोर्डमा यो बटन द्बायेमा जुन काम भएको हो त्यही काम दोहोरिन्छ।   Alt + F4 द्बायेमा खोलिसकेको सफ्टवेयर बन्द हुन्छ।

५.  F5 : कम्पुटर रिफ्रेश गर्न यो बटन थिचे पुग्छ। इन्टरनेट ब्राउजर्लाई रिफ्रेश गर्न पनि यो बटन दबाउन सकिन्छ।  Powerpoint  मा यो बटन दवायेमा स्लाइड सुरु हुन्छ।  वोर्डमा shift + F5 द्वायेमा find and replace अप्सन आउछ।

६ .F6 विन्डोजमा खुलेको सामामाग्रिहरु यो बटन दवाएर देख्न सकिन्छ।  Control+Shift+F6  थिचेमा खुलियेका वोर्ड फाइल हरु एक एक गरि हेर्न सकिन्छ।

७. F7 : वोर्डमा यो कि थिचेमा स्पेलिंग जाच गर्दछ।

८. F8 वोर्डमा यो बटन थिचेमा text लाइ select गर्न सकिन्छ।

९.  F9 : माइक्रोसॉफ्ट आउटलुकमा इमेल पाउन वा पठाउन यो प्रयोग गर्न सकिन्छ।  कुनै कुनै  laptop मा  brightness  मिलाउन यो की प्रयोग हुन्छ।

१०. F10 : कुनै पनि सफ्वेयरमा यो की थिचेमा मेनु आउछ।  यदी माउसले काम नगरेमा shift
+ F10 थिचेमा right mouse को काम गर्छ।  वोर्डमा control + F10 थिचेमा maximimize र  minimize गर्न सकिन्छ।

११.   F11 : कुनै पनि ब्राउजर लाइ फुल स्क्रीन गर्नको लागि यो की प्रयोग गर्न सकिन्छ।

१२.  F12 : वोर्डमा यो बटन थिचेमा save as बटन आउछ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !