८ पुस २०८१, सोमबार

अल्फ्रेड नोबेलको विज्ञान क्षेत्रमा योगदान


अल्फ्रेड नोबेल
Gopal Bhandari
गोपाल भण्डारी

अल्फ्रेड नोबेल स्वीडेन निवासी रसायनशास्त्री तथा इन्जिनियर थिए । उनले डाइनामाइट नामक बिस्फोटक पदार्थको आविष्कार गरेका थिए । उनले विश्व प्रसिद्ध नोबेल पुरस्कार स्थापना गरॆका थिए । विश्वमा लाखौं डलर धनराशीको सवैभन्दा ठूलो र प्रतिष्ठित पुरस्कार हो नोवेल पुरस्कार । सन् १९०१ देखि विश्व समुदायको हितका लागि समुचित मानव सभ्यताको विकास र प्रगतिका लागि प्रयत्नरत तथा विश्वका आर्थिक, सास्कृतिक साहित्यिक तथा शान्तीको अग्रणी हस्तीलाई प्रदान गर्ने सुरू गरिएको हो । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ती गरी ५ वटा यो पुरस्कार अर्थ विनाको समाज अपूर्ण हुने देखेर सन् १९६९ पश्चात् यी विधामा अर्थशास्त्रलाई समेत समावेश गरिएको थियो ।

विश्वको सवैभन्दा ठूलो राशीको पुरस्कारको जन्मदाता हुन महान वैज्ञानिक-अल्फेड नोवेल । नोवल पुरस्कारका संस्थापक वैज्ञानिक अल्फ्रेड नोवेलले आफ्नो सम्पूर्ण जीवन विज्ञान तथा प्रविधिको विकासमा सर्मपित गरे । उनले विज्ञान जगतमा दिएका योगदानहरू निम्नानुसार छन ।

१. नाइट्रोग्लिसरिन (Nitroglycerine)

सन् १८६३ मा स्वीडेन फर्किएपछि उनले नाइट्रोग्लिसरिनलाई भरपदो विष्फोटकको रूपमा विकास गर्नेतर्फ लागे । लगनशीलता र परिश्रमको कारण उनले नाइट्रोग्लिसरिनलाई सिलिकासँग मिसाउदा तरल पदार्थ लेदोमा परिवर्तन हुन्छ । जसलाई रड आकारमा वदली कडाभन्दा कडा चट्टान वा धातुहरूमा समेत खाडल र प्वालहरू बनाउन सकिन्छ भन्ने कुरा पत्ता लगाए । सन् १८६४ मा नाइट्रोग्लिसरिनको व्यवासयिक उत्पादन शुरू गरे । सन् १८६७ मा यस नवनिर्मित वस्तुलाई डायानामाइट नामाकरण गरी यसको सर्वाधिकार लिन सफल भए ।

२. वेलिस्टाइल (Ballistics)

उनले नाइट्रोग्लिसरिनसँग गन कटन मिलाएर प्लास्टिङ जिलेटिनको आविस्कार गरे । यसलाई वेलिस्टाइन भनिन्छ । यो अति शक्तिशाली विस्पोटक पर्दाथको आविष्कारपछि सिभिल इन्जिनियरिङको क्षेत्रमा क्रान्तिकारी परिवर्तन आयो । यस विस्पोटक पर्दाथको प्रयोगवाट नहर, सडक तथा पुलहरू निर्माण गर्नका लागि, वलिया चट्टानहरू फोड्नका लागि सजिलो हुन थाल्यो । वेलिस्टाइनको अविस्कारलाई सन् १८८८ मा पेटेन्ट प्राप्त भयो ।

३. आफ्नो जीवनमा विस्फोटक पर्दाथको विकाश र रासायनिक अनुसन्धान्मक कार्यहरू जस्तै कृतिम रवर र छाला, रेशम आदिको उत्पादन कार्यमा सर्मपित गरे । परिणाम स्वरूप उनले मृत्यु पर्यन्तसम्म ३५५ वटा प्रतिलिपी अधिकार हात पारे ।

उनले जीवनपर्यन्त विवाह गरेनन् तथा एकांकी जीवन बिताए।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त (Einstein Theory of Relativity)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !