ॐ को व्याख्या हरेकले आफ्नै हिसाबले दिएको पाइन्छ । ॐ भन्दा संसारमा ठूलो शक्ति शायद केहि नभएको मलाई लाग्छ । जन्मपछि मृत्यु अवश्य हुनेछ । ॐ लाई हामीले जन्म र मृत्युसंग तुलना गर्नुपर्दछ । जन्मपछि ज्ञानको खाँचो भएको हुन्छ । जन्म र मृत्यु ॐ संग निहित छ ।
जन्म र मृत्यु कसैको बशमा छैन । ॐ भनेको यस्तो Frequency हो जसको वरिपरि हरेक प्राणी परिक्रमा गरेको हुन्छ । एउटा जन्मन्छ अर्को मर्छ । यो सिलसिला जारी भई नै रहेको हुन्छ । ग्रह मानिसलाई मात्र होइन यो पृथ्वी, सुर्य, चन्द्र सबैलाई लाग्छ । जसले जुन धर्म माने पनि ॐ बिना संसार अन्धकार छ ।
ॐ लाई हामीले उपयोग गर्न जान्नु पर्दछ । जसरी हामीले बाँच्नको लागि हावा पानी र भोजन आवश्यक छ त्यसरी नै सम्पुर्ण रोग फाल्न ॐ को आवश्यक भएको हुन्छ । वैज्ञानिकहरूले पनि ॐ को महत्वलाई महत्वपूर्ण रूपमा मानेका छन् । आजको लेखमा मानव स्वास्थ्यमा ॐ लाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे जानकारी पस्कन लागेको छु ।
ॐ को प्रयोग रोग निको बनाउन यसरी प्रयोग गर्न सकिन्छ
१. ॐ को नियमित उचारण गर्नाले थाइराइड ग्लेण्ड निको हुन सक्छ ।
२. ॐ को उच्चारणबाट स्वर यन्त्र तथा घाँटीको मांसपेशी मजबुत हुन्छ ।
३. नियमित ॐ को पाठ गर्नाले मानसिक चिन्ता डिप्रेसन हटाउदछ ।
४. ॐ को नित्य उच्चारण गर्दा शरीरमा अक्सिजन प्रयाप्त मात्रामा पुग्दछ । युवा अवस्थाको जस्तो स्फूर्ति प्राप्त गर्न नियमित ॐ को पाठ गर्नु भनेको छ ।
५. ॐ को नियमित पाठ गर्नाले रक्त प्रवाह सुचारू बनाएर मुटुलाई स्वस्थ बनाई राख्दछ ।
६. थकान हटाउनका लागि पनि ॐ को उच्चारण महत्वपूर्ण छ । ॐ को उच्चारण लामो श्वरमा गर्दा शरीरको आन्तरिक व्याम हुने हुनाले थकाउन मेटाउन ठूलो औषधिको काम गर्दछ ।
७. अनिद्राको समस्या छ भने सुत्नुअघि ॐ को जाप नियमित गर्नु प्रभावकारी उपाय मानिएको छ ।
नोट : सम्पुर्ण रोगको उपचार मात्र ॐ को जापले सम्भव छैन यसका लागि हामीले डाक्टरको परामर्श लिनुपर्ने हुन सक्छ । ॐ को नियमित पाठ गर्नु स्वास्थ्यका लागि फाइदा देखिएको छ । औषधि सेवन गर्नुपूर्व ॐ को जाप गरेर औषधि खाँदा धेरै राम्रो हुने देखिएको छ ।
यो पनि पढनुहोस्
यस्तो छ योग र यसको महत्व, जानी राखौ
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।