२१ बैशाख २०८१, शुक्रबार

सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ : संस्कृतिमन्त्री किराती


सुदन किराती

मङ्गलबारे, इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् ।

प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ भने । उनले गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए । भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !