१४ बैशाख २०८१, शुक्रबार

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै


saraswati-basant

८ माघ, काठमाण्डौ । चान्द्रमानको पात्रोअनुसार माघ शुल्क पञ्चमी अर्थात् श्रीपञ्चमी । विद्याको साधना गर्नेहरू यो दिन देवी सरस्वतीको विशेष आराधना गर्छन् । यो दिन सबेरै उठेर नित्यकर्म सकी विद्या–वाणीकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गर्ने विधान रहेको पुराणका ज्ञाता पं.बालमुकुन्द देवकोटा बताउँछन् ।

देवीभागवत महापुराणमा यो दिन गरिने सरस्वती उपासनाको विधि बताइएको छ । यही दिन बालबालिकालाई अक्षरारम्भ गराउने विधान देवीभागवत(स्कन्ध–९\अध्याय– ४)मै उल्लेख छ । यो दिन सुरु गरेको विद्या दिगो हुने विश्वास गरिन्छ ।

त्यसैले स–साना नानीलाई सरस्वतीको दर्शन गराएर अक्षरारम्भ गर्न लगाउने चलन छ । अचेल निजी विद्यालयहरूले यो मौकालाई छोप्दै ‘अक्षरारम्भ’ गराउने गरेका छन् । अध्ययन–अध्यापन, कला–संगीत साधकहरूले पनि यो दिनलाई विशेष मान्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !