१२ बैशाख २०८१, बुधबार

कोरोना संक्रमणका बलि नहुँदा मन्दिरको आम्दानी गुम्यो


बागलुङ कालिका मन्दिर

बागलुङ, १३ कात्तिक । कोरोना संक्रमणका जोखिमका कारण दशैँमा मठमन्दिरमा नित्यपूजा बाहेक पूजाराधना र दर्शनमा निषेधाज्ञा जारी गरिएपछि झण्डै एक करोड बराबरको आम्दानी गुमेको छ ।

बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले विशेष पूजा हुने दुई पर्वसहित नियमित पूजाको आम्दानी जोड्दा त्यो रकम भअm धेरे हुने बताउनुभयो । मन्दिरमा आव ०७४/०७५ मा मन्दिरमा भेटीबाट रु. एक करोड ३४ लाख ८७ हजार आम्दानी भएको थियो ।

मन्दिरका पूजारी जयबहादुर खड्काले बन्दाबन्दी र निषेधाज्ञाको समयमा पनि मन्दिरमा नित्यपूजा, आरती र भजनर्कीतन चलिरहेको बताउनुभयो । मन्दिरमा चढाइने बलिको मुढ, भेटी, परेवा र अक्षता आम्दानीको मुख्य स्रोत हो ।

बलिका रुपमा बोका, राँगो, हाँस, सँगुर, कुखुरा चढाउने गरिन्छ । तिनका मुढ (टाउको) भक्तजनले मन्दिरलाई चढाउने गरेका छन् । धार्मिक एवं ऐतिहासिक महत्वको उक्त मन्दिर विसं १५९१ मा स्थापना भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !