१४ बैशाख २०८१, शुक्रबार

कास्की २ मा नेकपावाट रवीन्द्रकी श्रीमती विद्या उम्मेदवार


८ कात्तिक, पोखरा । कास्की २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)वाट विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले विद्या भट्टराईको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो ।

भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !