१४ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना


कैलाली, ५ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै यस पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण प्रदेशवासी दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता र सद्भाव कायम रहोस् भनि शुभकामना व्यक्त गर्नु भएको हो ।

‘नेपालको सबै खाले परिवर्तनकारी आन्दोलनमा महिलाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्राप्त उपलब्धि प्रति गर्व गर्न तीज पर्वले प्रेरणा प्रदान गरोस् भनि शुभकामना गर्दछ’ु जारी सन्देशमा उल्लेख गरिएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ,– ‘सिङ्गो विश्व कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न अवस्थाको कारण इतिहासकै कठिन मोडमा गुज्र्रिरहेको र यसबाट हाम्रो देश र सुदूरपश्चिम प्रदेशसमेत अछुतो रहन नसकेको परिस्थितिमा सरकारद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी निर्देशन पालना गरी आपसी समझादारी र बन्धुत्वको भावना जगाइ तीज पर्वलाई खुसीयालीका साथ मनाउन आग्रह गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !