१४ बैशाख २०८१, शुक्रबार

दुई विधेयक प्रमाणीकरण


धर्मनाथ यादव

बुटवल, २९ जेठ । प्रदेश नं ५ को प्रदेशसभा बैठकबाट पारित दुई विधेयकलाई प्रदेश प्रमुख धर्मनाथ यादवले आज प्रमाणीकरण गर्नुभएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । ती विधेयक प्रदेशसभाको यही जेठ १४ गतेको बैठकबाट पारित भएको थियो ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !