१४ बैशाख २०८१, शुक्रबार

आज बालुवाटारमा प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


केपी शर्मा ओली

काठमाडौँ, जेठ १३ । आज बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सो कुराको जानकारी दिएका छन् । आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्माद्वारा सर्वदलीय बैठकको आयोजना गरिएको हो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखलाई बोलाइएको छ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि यस विषयमा प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका हुन् । बैठकमा कोरोना रोकथाम र नेपाल-भारत सीमा विवाद लगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ । संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

नेपालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलदै गएपछि यस विषयमा सरकारले सुझाव माग्न पनि ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । संसदवाट एमसिसी पास गर्ने बारेमा पनि छलफल हुने सम्भावना रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !