२१ बैशाख २०८१, शुक्रबार

आज प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै


प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बोधन

काठमाडौँ, जेठ १२ । आज बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सो कुराको जानकारी दिएका छन् । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ । यो विषयमा छलफल गर्न आईतबार नै मन्त्रिपरिषद् बैठक बोलाइएतापनि अन्तिम समयमा आएर बैठक स्थगित भएको थियो ।

साथै मन्त्रिपरिषद्को बैठक सकिएपछि बेलुकी ५:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कुरा थापाले जानकारी दिएका छन् । उक्त सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणकाे व्यवस्था गरिएकाे समेत उनले जानकारी दिएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) लाई सामना गर्न अपनाउनुपर्ने रणनीति, राहत र सावधानीबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको छ । यसअघि २०६७ चैत ७ गते पनि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका थिए ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक सिमेटिएर नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न राजनीतिक तरंगबीच ओलीले गर्ने सम्बोधनलाई अर्थपूर्ण रुपमा लिइएको छ । ओलीले नयाँ नक्साको कार्यन्वयन र अतिक्रमित भूमि प्राप्तिका लागि आवश्यक राजनीतिक वार्ता र कुटनीतिक पहलमा जोड दिँदै नेपाल-भारत बीचको सम्बन्धका बारेमा महत्वपूर्ण अभिव्यक्ति आउने अपेक्षा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !