२१ बैशाख २०८१, शुक्रबार

गलत समाचारप्रति गम्भीर ध्यानाकर्षण


विमल श्रीवास्तव

३१ भदौ, काठमाडौं । वीरगंज महानगरमा नेपाल लोकतान्त्रिक फोरमवाट विमल श्रीवास्तव मेयरका उम्मेद्वार बनेका छन् । तर कुनै संचार माध्यमले मतदानको पूर्व सन्ध्यामा मोटो रकम २ करोड लिएर श्रीवास्तवले संघिय समाजवादी फोरमका उम्मेद्वार विजय सरावगीलाई समर्थन गरेको भन्ने गलत समाचार छापेकोमा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारका स्वकीय सचिव कनैया ठाकुरले उक्त समाचारको खण्डन गर्दै यसमा कुनै सत्यता नभएको र सो समाचारप्रति  गम्भीर ध्यानाकर्षण भएको नेपालपत्रलाई जानकारी दिए ।

स्वकीय सचिव कनैया ठाकुरका अनुसार नेपाल लोकतान्त्रिक फोरमका मेयर उम्मेद्वार विमल श्रीवास्तवको पक्कड राम्रो भएकोले गर्दा  विपक्षले जथाभावी यस्ता गलत  समाचार सम्पेशण गर्न लगाएको बताए । ठाकुरले यस्ता कपोलकल्पित र भ्रामक समाचारको पछि नलागी निर्धक्क भएको भोट दिन सम्पूर्ण वीरगंजवासीलाई अनुरोध गरेका छन् ।

संघिय समाजबादी फोरमको महानगरमा उपस्थिति कमजोर देखिएको अन्य संचार माध्यमले अघि नै जनाई सकेका छन् । वीरगंजलाई महानगरपालिका बनाउन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदार, सिंगो नेपाल लोकतान्त्रिक फोरम पार्टी र स्वकीय सचिव कनैया ठाकुरको ठुलो भूमिका भएकोले गर्दा  वीरगंज महानगरपालिका घोषित भई  वीरगंजवासीको सपना साकार भएकोमा सम्पूर्ण विरगंजबासीले उक्त कदमको स्वागत गर्दै मुक्तकण्ठले प्रशंशा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !