वैशाख १४, काठमाडौँ । लकडाउनबारे निर्णय गर्न दिउसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा नै लकडाउनबारे छलफल भएको थियो ।
सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५ (भोली) सकिदैछ । स्रोतका अनुसार आजको मन्त्रिपरिषद्ले लकडाउन १ हप्ता लम्ब्याउने प्रवल सम्भावना रहेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि १ हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ । उक्त समितिले आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइ सकिएको छ ।
स्रोतका अनुसार लकडाउन थप १ हप्ता लम्ब्यिाउने निर्णय मन्त्रिपरिषद्ले गर्ने सम्भावना रहेको छ । पछिल्ला दिनमा उपत्यकामा कारोना संक्रमित नभेटिएपनि बाहिर जिल्लामा भेटिदै गएको छ । त्यस्तो अवस्थामा तत्कालै लकडाउन खोल्दा संक्रमण बढ्ने संभावना हुँदा थपिन गर्ने निर्णय हुने प्रबल सम्भावना रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
कोरोना संक्रमणको अवस्था हेरेर विभिन्न स्थानको वर्गीकरण गरी त्यसैअनुसार फरक फरक नीति लिने मोडालिटीमा हुने देखिन्छ । यसअनुसार उदयपुर, पर्सा लगायतका संक्रमण देखिएका क्षेत्रलाई १ संवेदनशील क्षेत्र मानिएको छ । यो क्षेत्रमा लकडाउन झन् कडा बनाउने । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी थप्ने र यसमा केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने । यो क्षेत्रमा परीक्षण पनि व्यापक मात्रामा बढाउने तयारी सरकारको छ ।
यो मोडालिटीमा जाँदा दोस्रो नम्बरमा सुदूरपश्चित र कर्णाली प्रदेशका लागि अर्कै रणनीति अपानाइनेछ । यो क्षेत्रमा संक्रमण छैन तर परीक्षण हुन बाँकी ठूलो समूह छ । यसैले यहाँ परीक्षण अझै बढाउने र लकडाउन पनि तुरुन्तै खुकुलो नपार्ने रणनीति सरकारले लिन सक्छ ।
तेस्रो नम्बरमा काठमाडौं र पोखरा लगायतका ठूला शहरहरु छन् । यी सहरहरु जहाँ संक्रमित छैनन् तर आर्थिक कारोबारका यी केन्द्रहरु हुन् । यी स्थानमा कडा अनुगमनका साथ लकडाउन खुकुलो बनाउनुपर्ने प्रस्ताव केही मन्त्रीहरुको छ ।
जिल्ला र प्रदेश तथा सहरबाट बाहिर आवतजावत गर्न नदिने तर उद्योग धन्दा, कलकारखाना र केही आवश्यक सेवा क्षेत्रलाई खुकुलो बनाउनु पर्ने उनीहरुको भनाई छ । नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना निको भएर घर फर्किसकेका छन् ।
यो पनि पढ्नुहोस्
लकडाउनबारे निर्णय गर्न सकेन समितिले, निर्णय गर्ने जिम्मा दियो मन्त्रिपरिषद्लाई
जेठ २ सम्म हवाई उडान बन्द राख्ने उच्चस्तरीय समितिको निर्णय
लकडाउनको विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक शुरु