१४ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री ओलीको अपील : राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ


प्रधानमन्त्री केपी शर्मा ओली

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक संजालमार्फत राष्ट्रिय गान गाउन र राष्ट्रिय धुन बजाउन अपील गरेका छन् । उनले लेखेका छन्, राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ !”

प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् ।

ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो । त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !