११ बैशाख २०८१, मंगलबार

जनप्रतिनिधिहरु शाशक भएका उनीहरुलाई ब्रह्मा, विष्णु र महेश्वरले पनि बचाउन सक्दैनन् – मन्त्री त्रिपाठी (भिडियोसहित)


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी

चैत २६, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई जनताको जीवन रक्षाको लागि कोरोनाबिरुद्धको लडाईमा एकजुट भएर लड्न आग्रह गरेका छ । आज एउटा भिडियो सन्देश जारी गर्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु र स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजनीतिक आस्था भन्दा माथि उठेर काम गर्न आग्रह गरेक पनि छन् ।

”नेपालमा बिद्यमान स्थानीय तह भएको असाधारण अधिकारयुक्त स्थानीय तह हो । असाधारण अधिकार भनेको असाधारण काम गर्नको लागि नै संविधानले परिकल्पना गरेको छ र यो अवसर देशमा आइसकेको छ । अहिले असाधारण अवस्थामा देश गईसकेकोले र यहाँहरुलाई असाधारण अधिकार संविधानले दिईसकेको अवस्थामा असाधारण नेतृत्वको क्षमताको प्रदर्शन गर्ने यहाँहरुको एउटा अग्निपरीक्षाको समय शुरु भई सकेको छ । जनताका प्रतिनिधिहरु जव जनताका प्रतिनिधि र सेवक भएर काम गर्छन, तिनको मुल्यांकन र अग्निपरीक्षा पनि भईरहेको हुन्छ । जव उनीहरु शासकको रुपमा परिणत हुन्छन्, विश्वमा उनीहरुलाई कसैले पनि बचाउन सक्दैनन्, ब्रह्मा, विष्णु र महेश्वरले पनि बचाउन सक्दैनन्” भन्दै सम्पूर्ण जनतालाई राजनीतिक पुर्बाग्राह भन्दा अलग भएर र मतदाता होइन आम नागरिक सम्झेर व्यवहार गर्न आग्रह गरेका छन् ।

पहिलो बुदाँ – नेपाल सरकारले प्रत्येक पालिकामा छुट्टै कोष स्थापना गरेर कोभिड-१९ बिरुद्ध लड्न कुनै पनि कसुर बाँकी नराख्न आग्रह गरेका छ । दोस्रो बुदाँ – यो समय भनेको अन्नबाली थन्काउने र नयाँ बाली लगाउने समय भईसकेकोले गर्दा किसानहरुसगँ सहजीकरण गर्न पनि आग्रह गरेका छन् । तेस्रो बुदाँ – कतिपय पालिकामा दर्ता भएका संस्था, पसलहरु बिगतमा चैत मसान्तसम्म गर्नुपर्ने भएतापनि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यसलाई बैशाख मसान्तसम्म मिति लम्ब्याएकोले गर्दा सो कामलाई पनि सहजताका साथ बैशाख मसान्तसम्म गरिदिन आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !