१५ जेष्ठ २०८१, मंगलबार

अर्थमन्त्री डा. युवराज खतिवडाको शपथग्रहण आज अपरान्ह ४ बजे


डा. युवराज खतिवडा

काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाको शपथग्रहण राष्‍ट्रपतिको कार्यालय शीतल निवासमा आज अपरान्ह ४ बजे शपथ हुने राष्ट्रपति कार्यालयले बताएको छ । खतिवडालाई विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउँने छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान डा. युवराज खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेकी हुन् । २० फागुनमा राष्ट्रिय सभाको कार्यकाल सकिएपछि पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपतिले मन्त्री नियुक्त गरेकी हुन् ।

यो पनि पढ्नुहोस् 

अर्थमन्त्रीमा डा. खतिवडा पुनःनियुक्त, आजै शपथग्रहण गरिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !