६ जेष्ठ २०८१, आइतबार

अर्थमन्त्रीमा डा. खतिवडा पुनःनियुक्त, आजै शपथग्रहण गरिने


विधेयक पेश

फागुन २१, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई पुनःनियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उहाँले अर्थमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति भण्डारीले उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार समेत तोक्नुभएको छ । नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।

संविधानको उक्त धारामा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। तर, यसरी नियुक्त मन्त्री पदमा निरन्तर रहनका लागि भने ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ ।

अर्थमन्त्रीमा डा. खतिवडा पुनःनियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !