राजसंस्थाप्रति जनतालाई बढी खाएको देश विकास नगरेको जस्ता आरोप लाग्ने गरेका र नेतृत्वको बलमा नै राजसंस्था फालिएको देखिन्छ । तर वर्तमान अवस्थालाई नियालेर हेर्दा राजसंस्थाको पालामा प्रधानमन्त्री भएकाहरू आज पनि छन् ।
हिजो पनि थिए तर अहिले नेपालमा राजालाई दोष लगाउनेहरू नै बढी भ्रष्टाचारमा मुछिएको देखिएको छ । के यही स्वार्थ पुरा गर्न राजसंस्था फालिएको थियो । नेताले जनतालाई देखाउने दाँत र चपाउने दाँत फरक-फरक भएका छन् ।
हिजो पनि थिए तर अहिले नेपालमा राजालाई दोष लगाउनेहरू नै बढी भ्रष्टाचारमा मुछिएको देखिएको छ । के यही स्वार्थ पुरा गर्न राजसंस्था फालिएको थियो । नेताले जनतालाई देखाउने दाँत र चपाउने दाँत फरक-फरक भएका छन् ।
हिजो बिपीले भनेका थिए राजा नभए देश चल्दैन तर अहिले यो सत्य हुदैछ । देशमा जनताले अनुभुति गर्ने खालका परिवर्तन केहि देखिएन । राजसंस्थाको पालामा नेपाली कामदारको अभावमा विदेशी झिकाएर काम गरेको र देशमा थुप्रै बिकासका काम नभएको होइन तर अहिले सवै समाप्त पार्दै देशलाई सिनो लुछेझै लुछ्ने गरेको देखिएको छ ।
राजा गए तर भुरे राजाको जन्म भएको देखिन थालेको छ । यहाँ राजसंस्था गएपनि राजाको जस्तै ठाठबाट समाप्त भएको छैन । अरूले बनाइ दिएको घरमा बस्न जति सजिलो हुन्छ त्यति सजिलो आफुले बनाएको कदापि हुदैन ।
राजा गए तर भुरे राजाको जन्म भएको देखिन थालेको छ । यहाँ राजसंस्था गएपनि राजाको जस्तै ठाठबाट समाप्त भएको छैन ।
जनतालाई प्रत्यक्ष फाइदा हुने खालका विकासका योजनाहरू आए तर जनताको पसिना नै बढी प्रयोग हुने गरी विकास अघि सारेको देखिन्छ । हिजो राजसंस्थाको पालामा जनताले विकासमा ३०% जनताले उठाउनुपर्छ भन्ने जस्ता काम देखिएन तर अहिले सवै काममा जनताले सुखको अनुभुति हुने खालका काम केहि देखिएन ।
राजनीतिक रुपमा गणतन्त्र जस्तो उपलब्धी हासिल भएपनि जनताको जीवनमा परिवर्तन नआउँदा असन्तुष्टिका स्वर दिन-प्रतिदिन बढ्दैछन् । मुलुकमा ‘कागजी गणतन्त्र’ स्थापना भएको दशकसम्म पनि जनताले त्यसको अनुभूति गर्न पाएनन् । प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन, लोकतन्त्र वा गणतन्त्र जुनसुकै व्यवस्था आएपनि जनताको जीवनस्तरमा तात्विक सुधार आउन सकेको छैन ।
वंशीय प्रथा अन्त्यको लागि लडेका नेताहरू आफ्ना पत्नी, भाइभतिजा र आफन्तलाई सांसद, मन्त्रीदेखि लाभको पदमा पुर्याए । राज्यका सबै अंगमा राजनीतिकरण गरेर नेताहरूले अकूत सम्पत्ति जम्मा गरे, आफन्त र आसेपासेको नाममा । विगतमा राजालाई जस्तै अहिले उनीहरूलाई कानून लाग्दैन अर्थात् विगतमा एउटा राजा थिए अहिले धेरै राजा भए ।
वंशीय प्रथा अन्त्यको लागि लडेका नेताहरू आफ्ना पत्नी, भाइभतिजा र आफन्तलाई सांसद, मन्त्रीदेखि लाभको पदमा पुर्याए । राज्यका सबै अंगमा राजनीतिकरण गरेर नेताहरूले अकूत सम्पत्ति जम्मा गरे, आफन्त र आसेपासेको नाममा । विगतमा राजालाई जस्तै अहिले उनीहरूलाई कानून लाग्दैन अर्थात् विगतमा एउटा राजा थिए अहिले धेरै राजा भए ।
गणतन्त्रका प्रधानमन्त्री, राष्ट्रपति हेर्नुस्, खोपीबाट बाहिर निस्कियो कि सडक नै ठप्प । बोली व्यवहार हेर्नुस् – शासन हातमा लिएर उल्टै जनतालाई अपमान गर्छन् र होच्याएर बोल्छन् । राजा हुँदा त बन्दुक चलाउने आसेपासे र भारदार हुन्थे, अहिलेका राजा त आफैं जिब्रो चलाउँदै बर्बराउँछन्, जनतामाथि शब्दवाण प्रहार गर्छन् ।
सिंहदरबारभित्र कर्मचारी, कर्मचारी युनियनका नेताको व्यवहार, रवाफ र शैली हेर्दा थुप्रै राजा भेटाइन्छ । पछिल्लो समय न्यायालयको बाडडोर सम्हालेका महोदयहरूको अनुहार सम्झिनुस् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आउने केही पूर्व प्रमुखहरूको शैली र निर्णय प्रक्रिया हेर्नुस् । तपाईले राजसंस्थाको झल्को पाउनुहुनेछ ।
लोकतन्त्र दिन-प्रतिदिन कमजोर बन्दै गएको छ । शक्तिशाली सरकारले विकासका काममा भन्दा पनि मन्त्री चाहि भ्रष्टाचारमा उन्मुख भएको देख्दा लोकतन्त्र राजसंस्था जस्तै त हुदैन भन्ने कुराको बढी चर्चा परिचर्चा सुनिन थालेको छ । राजसंस्था कसले फाल्न सक्छ भन्ने कुरा अधिकांशलाई लाग्थ्यो तर अहिले लोकतन्त्र पनि राजसंस्था जस्तै देखिएको छ ।
लोकतन्त्र दिन-प्रतिदिन कमजोर बन्दै गएको छ । राजसंस्था कसले फाल्न सक्छ भन्ने कुरा अधिकांशलाई लाग्थ्यो तर अहिले लोकतन्त्र पनि राजसंस्था जस्तै देखिएको छ ।
यो पनि पढनुहोस्
नेपालमा लोकतन्त्र परिवर्तन हुदैछ लुटतन्त्रमा
परिवर्तन त भएकै छ, कसले भन्दैछ भएन परिवर्तन
परिवर्तन गर्नुपर्ने भएको छ अब नेपालमा जडिबुटी उत्पादन गरेर
नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।