११ आश्विन २०८१, शुक्रबार

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा खतिवडा र सहरी विकासको जिम्मा नेम्वाङलाई


युवराज खतिवडा र वसन्त कुमार नेम्वाङ

८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधि मन्त्रीबाट गोकुल बाँस्कोटाले बिहीबार दिएको राजीनामा स्वीकृत गरेका छन् । सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए ।

उनले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका थिए । बाँस्कोटाले राजीनामा दिएपछि खाली भएका मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति 

राष्ट्रपति कार्यालयको विज्ञप्ति 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !