४ जेष्ठ २०८१, शुक्रबार

संचार मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् – प्रबक्ता शर्मा


विश्वप्रकाश शर्मा

फागुन ८, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले ७० करोड आफूले पाउने कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएकोमा नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले प्रेस वक्तव्य जारी गर्दै संचार मन्त्री बास्कोटालाईतत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् भन्ने माग समेत गरेका छन् ।

स्वीस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन् । सामान्य तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ ।

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघि नै सार्वजनिक भएका थिए तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको प्रेस वक्तव्मा भनिएको छ ।

साथै उक्त प्रेस वक्तव्यमा ७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो `हाम्रा कुरा´ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह समेत गरिएको छ ।

यस्तो छ जारी गरिएको प्रेस वक्तव्य

प्रेस वक्तव्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !