१९ बैशाख २०८१, बुधबार

देखिनेगरी कृषिमा काम हुन्छ : कृषिमन्त्री भुसाल


घनश्याम भुसाल

लुम्बिनी, २८ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिनुभएको छ । लुम्बिनी प्रेस क्लबको भवनको भैरहवामा शिलान्यास गर्दै उहाँले कृषि श्रमलाई उद्योगसँग जोड्नुपर्छ भन्नुभयो ।

मन्त्री भुसालले विकासको क्षेत्रमा पार्टीकरण नगरी सबैको अपनत्व हुनेगरी वर्तमान सरकारले काम अगाडि बढाइरहेको र केही दिनमै मन्त्रालयको योजनासहित सार्वजनिक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले अध्ययन गरिरहेको छु । म मन्त्री भएपछि शुरुमा आत्तिएँ । अब करीब ६० वर्षको कृषिले नगरेको काम के हो भनी मैले बुझें । केही दिनमा देखिनेगरी कामको शुरुआत हुन्छ ।”

सो अवसरमा प्रदेश सांसद सन्तोष पाण्डे, फकरुद्दिन खान, संविधानसभाका पूर्वसदस्य इस्तियाक अहमद खान, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्मा, प्रजिअ महादेव पन्त, उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारी लगायतले लुम्बिनी प्रेस क्लबको गतिविधिले लुम्बिनी क्षेत्रको विकासमा टेवा दिएको बताउनुभयोे । क्लबले १२ धुर जग्गामा चारतलाको अपाङ्ग मैत्री भवन बनाउने क्लबका अध्यक्ष दीपेश पछाईंले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !