२१ बैशाख २०८१, शुक्रबार

यस्तो छ समाजवादी पार्टीका मन्त्रीहरुले दिएको राजीनामा पत्र


Upendra Yadav and Mohammad Ishtiyaq Rai

८ पुस, काठमाडौँ । उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र अर्का सहरी विकास मन्त्री इश्तियाक राइले आफ्नो पदबाट राजीनामा दिएका छन् । यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएलगत्तै पार्टीका अर्का मन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले तत्कालीन संघीय समाजवादीसँग गरेको सहमतिबाट सत्तारुढ नेकपा पछि हटेको भन्दै राजीनामा दिएका हुन् । उनको पार्टीले आजै यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइले राजीनामा दिने निर्णय गरेको थियो। संविधान संशोधनका लागि आफूले पुस ७ को मन्त्रिपरिषद बैठकमा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेकाले आफ्नो पार्टीसँग नेकपाले गरेको दुई बुँदे सहमति तोडिएको भन्दै उनले राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

यादवले सोमबारको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि विज्ञ समिति बनाउने प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्री ओलीले यसलाई ठाडै अस्वीकार गरेका थिए। प्रधानमन्त्रीले तत्काल संविधान संशोधन नगर्ने बताएपछि मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

यस्तो छ कानुन मन्त्री उपेन्द्र यादवले दिएको राजीनामा पत्र

उपेन्द्र यादव राजीनामा पत्र

यस्तो छ सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले दिएको राजीनामा पत्र

मोहम्मद इश्तियाक राईले दिएको राजीनामा पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !